प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भए पछि स्थानीयबासीहरु खुसी

Posted on: २० असार २०७६, शुक्रबार

२० असार , बाजुराको जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भए संगै स्थानीयबासीहरु खुसी भएका छन् ।
गाउँपालिकामा जेठ २७ गते देखी संचालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय ३५ जना स्थानियले रोजगार पाएका छन् । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयलाई समेटेर कार्यक्रम संचालन गरिरहेको गाउंपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो । गाउँमै रोजगार पाउँदा विदेशिनु पर्ने समस्याको अन्त्य भएको भन्दै स्थानीय खुसी देखिन्छन् ।
कार्यक्रमअन्र्तगत कामदारले प्रतिदिन ५ सय १७ का दरले पारिश्रमिक पाउने गरेका छन् ।

Comments

comments