प्रमुख निर्वाचन आयुक्तमा थपलिया सर्वसम्मत अनुमोदन

Posted on: ४ बैशाख २०७६, बुधबार

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका दिनेशकुमार थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले थपलियाकोे नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले उपचुनावलाई प्राथमिकता दिने बताउनु भएको छ  । थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पु¥याउने कार्ययोजना समेत पेश गर्नुभएको छ । थपलियाले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न मतदाता नामावली संकलन र अध्यावधिक गर्न अनलाईन प्रणालीको विकास गर्ने पनि समिति समक्ष प्रतिवद्धता व्यक्त गर्नु भयो ।

निर्वाचन प्रणालीको आमूल परिवर्तन गरेर मात्रै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सकिने थपलियाको भनाई रहेको छ । बुधबारको सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।

Comments

comments