बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँमा

Posted on: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं, कार्तिक २६, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउनुभएको छ ।

नेपाललको चार दिवसीय औपचारिक भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो । उहाकोे स्वागत यातायात मन्त्री रघुविर महासेठले गनुृभएको हो ।

७० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएका हमिद कार्तिक २९ गतेसम्म नेपालमा रहनुहुनेछ र भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ । हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनुहुनेछ कार्यक्रम रहेको छ ।

साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरी, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Comments

comments

Related Other News