बराहताल अब पहिलेकै अवस्थामा फर्किने

Posted on: १६ मंसिर २०७६, सोमबार

सुर्खेत, मंसिर १६, विरेन्द्रनगर नगरपालिका सुर्खेत बाट करीब ३० किलोमीटर दुरीमा रहेको बराहताल आज भन्दा एकवर्ष पहिले सुर्खेतको सबैभन्दा ठूलो तालमा चिनिन्थ्यो ।

बराहतालमा पुग्दा सफा पानि, टाढा टाढाबाट आएका विभिन्न प्रकारका फिरन्ते चराहरूको चिर्बिर चिर्बिर आवाज सुन सकिन्थ्यो यति मात्र नभै तालमा रुखका पात झर्न साथ चराले पात टिपेर लगेको देख्न सकिन्थ्यो । तर अहिले बराहतालमा पुग्दा नत तालमा पानि छ, न त तालमा तैरिने विभिन्न प्रजातिका चराहरुनै छन । छन् त केवल तालैभरी झाँगिएको बनमारोझार । बराहताल अब ताल नभएर सुख्खा चौरमा परीणत भैसकेको छ ।  तालमा एकवर्ष अघिसम्म पानी थियो, तर अहिले भने तालको सबै पानि सुकेर ताल सुख्खा देखिन्छ ।

यता बराहाताल सुक्यो भन्ने थाहा पाएपछि शनिबार कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवल भण्डारीको नेतृत्वमा एक टोलिले बराहतालको अवलोकन गरेको छ । बराहाताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र कर्णाली सरकरको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डा.कृष्णप्रसाद आचार्यले तिनै तहका सरकारहरु मिलेर ताललाई पहिलेकै अवस्थामा ल्याउनु पर्नेमा जोड दिनभुयो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिब केवल भण्डारीले जलवायू परिवर्तनले गर्दा ताल सुकेको भन्दै बिज्ञहरुको सल्लाह अनुसार ताललाई पहिलेकै अवस्थामा ल्याउने गरि काम गर्नुपर्नेे बताउनुभयो ।

Comments

comments