बागलुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु

Posted on: १७ मंसिर २०७६, मंगलवार

मंसिर १७, मंसिर १७, गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् भने तीन जना गमभीर घाइते भएका छन । घाइते तीन जनालाई उपचारका लागि बुर्तिवाङ अस्पतालमा लगिएको जनाइएको छ ।

ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ । जिपमा १८ जना सवार रहेका थिए ।

Comments

comments