बाढीका कारण गुल्मीमा बन्दै गरेको पक्की पुल भत्कियो

Posted on: ४ बैशाख २०७७, बिहीबार

चन्द्रकान्त खनाल,रुपन्देही – गुल्मीको मुसिकोट नगरपालिका वडा न ७ र ३ जोड्ने बडीगाड खोलामा निर्माणाधीन पक्की पुल पुन भत्किएको छ । पुल गत वर्ष पनि निर्माणकै क्रममा भत्किएको थियो । पुल भत्किएको यो दोस्रो पटक हो ।
गत बर्ष ढलालकै क्रममा भत्किएको झेदीमा रहेको पुल फेरि बाढीका कारण भत्किएकोे छ । भत्किएको पुल ८ महिनापछि निर्माण थालिएको थियो । मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोडने पुल गतवर्ष पनि १ बैशाखमा भत्किएको थियो । पुल गएको चैत मसान्तमा तल्लो ढलाई गरिएको थियो । बुधबार बडिगाड खोलामा ठूलो बाढि आएकाले पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको हो ।

अहिले पुल निर्माणको सम्पूर्ण जिम्मा पुर्वाधार विकास कार्यालयको रहेको छ । सम्झौता अनुसार ०७५ असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपथ्र्यो । तर १ बर्ष म्याद थप भयो । गत बर्ष भत्किएकाले अहिले जेठ मसान्तसम्मको पुन म्याद थप भएको छ । ५ करोड १७ लाखको लागतमा निर्माण हुने पुल ५५ मिटर लामो रहेको छ ।

Comments

comments