बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट सुरु हुने

Posted on: २९ जेष्ठ २०७६, बुधबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट सुरु गर्ने स्पष्ट पारेको छ ।
बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिईरहेको पनि स्पष्ट पार्नु भयो ।
प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन ।

Comments

comments