बिसरती मेला आजबाट सुरु

Posted on: २० भाद्र २०७६, शुक्रबार

राजेन्द्र बिष्ट,कञ्चनपुर, भाद्र २० । कञ्चनपुरको भिमदत्तनगरपालीका वडा नम्वर ८ तिलाचौरमा हुने बिसरती मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
विषेस गरि परापुर्वकाल देखी बझाङ्ग जिल्लामा मनाईदै आएको बिसरती मेला कञ्चनपुरको भिमदत्तनगरपालीका वडा नम्वर ८ तिलाचौरमा पनी मनाईदै आएको छ । तिल्केनीको दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिको आयोजनामा हुन गईरहेको बिसरती मेला–२०७६को सम्पुर्ण तयारी पुरा भईसकेको मेला मुल आयोजक समितिले जनाएको छ । परापुर्वकादेखि सुदूरपश्चिमेली बझाङ्गी समुदायले बिसरती मनाउदै आएका छन भने बझाङ्ग जिल्ला बाट बसाई सरेर कञ्चनपुर आएका स्थानीयहरुले यो पर्व तराइको जिल्ला कञ्चनपुरमा समेत मनाउदै आएका छन । प्रत्येक वर्ष भाद्र २० गतेका दिन मनाईदै आएको यस मेलाको सम्पुर्ण तयारी पुरा भईसकेको र mेला आजबाट सुरु हुने पनि दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समिति मेला मुल आयोजक समितिका संयोजक मदन राज मिश्रले बताउनु भयो । उहाका अनुसार वडा नम्वर ८ को त्रिभुवन माविको प्राङ्गणमा मेला आयोजना हुन लागेको हो ।
परापुर्वकाल देखीनै २० गते रातभरी देउडा खेलेर रमाईलो गरिदै आएको भए पनी सुरक्षाको कारणले विगत केहि वर्षदेखी दिउसो मात्र मेला लाग्दै आएकोमा यस वर्ष भने राति समेत मेला आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक मिश्रले जानकारी दिनु भएको छ ।
मेलाको लागी फिल्ड, मञ्च, स्टल, पार्र्किङ्ग, देउडा, सुरक्षा लगायत को तयारी समेत पुरा भएको आयोजकले जनाएका छन । मेला परिसर क्षेत्र र सडक क्षेत्रमा सरसफाई गरिएको र मेलामा रातभरी देउडा खेलिने संयोजक मिश्रले बताए । पार्किङ्ग व्यवस्थापन समितिका संयोजक नरेन्द्र बहादुर रावलले दर्शनार्थीका लागि पार्किङ्गको उचित प्रवन्ध गरिएको जानकारी दिएका छन । यसै गरि भिमदत्तनगरपालकिा वडा नम्वर ८ ले सुचना जारी गरि मेला अवधि भर सुरा व्यवस्था कडा पारीएको र मेला भर्ने ठाँउको चार किल्ला भित्र जाँड रक्सि वेच विखन तथा सेवन गर्न प्रतिवन्ध लगाएको छ ।
दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिका कोषाध्यक्ष धर्मेन्द्र थापाले दुर्गाभगवति र सुर्मादेविले राक्षस महिसासुर संगको लडाईमा जित हासिल गरेको खुसियालीमा मनाईदै आएको यस विषरति पर्वलाई निरन्तरता दिदै कञ्चनपुरमा समेत मनाईदै आएको बताउनु भयो । उहाका अनुसार व्रतालु महिला र पुरुषले रात भरि जाग्राम वषि खडरात्री गरेर मनाउने गरेको बताउनु भयो । १८ भाद्र देखी जाग्राम र व्रत बस्दै , र २० गते मन्दिरबाट तिलाचौर स्कुलकोे फिल्डमा चाभाई सहितको जात्रा ल्याएर बिर्सजन गरिन्छ भने त्यसपछी रात भरी देउडा खेल्ने गरिन्छ ।
दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष नारायण मिश्रले अरु बर्षका भन्दा यस बर्ष पृथक बनाईने बताउदै उहाले मेलालाई धार्मिक पर्यटकिय विकासका रुपमा मनाउने तयारी गरिएको बताउनु भयो । मेला स्थानदेखि नजिकै भम्केनी धाम रहेकोल ‘मेलामा आएका दर्शनार्थीहरुले भम्केनी धामको समेत अवलोकन गर्न सक्ने बताउनु भयो । अध्यक्ष मिश्रले हरेक बर्ष भदौँ २० गते मनाईने पर्वलाई सभ्य, भव्य र कञ्चनपुरकै धार्मिक मेलाका रुपमा विकास गर्नका लागि सबै समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगमा अपिल गरे ।

Comments

comments