बुटवल एचआईभीको उच्च जोखीममा

Posted on: १५ मंसिर २०७६, आईतवार

बुटवल, मंसिर १५, आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ ।

प्रदेशका १२ जिल्लामा ३३ सय ९२ रहेको भएपनि  रुपन्देहीमा १३ सय जना रहेका छन । जुन आर्थिक बर्ष २०७५÷७६ को असार सम्म रुपन्देहीमा एचआईभी एडस बाट १४ जनाको मृत्यु भएको छ । भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेबन गरि रहेका छन । एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भटट्राईका अनुसार रुपन्देहीमा १३ सय एचआई भी एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधी सेबन गर्ने गरेको बताउनुभयो । भैरहवामा पनि १ सय ३८ जनाले औषधी सेबन गरेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्याकमा उल्लेख रहेको छ ।

विश्व एडस दिवसको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र कुमार गिरीले रुपन्देहीमा गत ३ बर्षको तथ्याक हेर्दा एचआईभीको संक्रमण बढेको जानकारी दिनुभयो ।

Comments

comments

Related Other News