बेसबल राष्ट्रिय खेलाडी बिहिबार भारत प्रस्थान गर्दै

Posted on: ५ बैशाख २०७५, बुधबार

आगामी बैशाख ९ गतेदेखि १४ गतेसम्म भारतमा आयोजना हुने बेसबल प्रेसिडेन्टल कप प्रतियोगितामा नेपालले पनि भाग लिने भएको छ । अनिल परियार क्याप्टेन र रोशन थापा कोच रहेको राष्ट्रिय टोली भोली सो प्रतियोगितामा भाग लिन भारतको गोहाटी प्रस्थान गर्ने भएको हो । २५ सदस्यीय टोलीलाई बुधबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपालको राष्ट्रिय झण्डा दिएर विदाई गर्नु भएको थियो ।

 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, इरानसहित ६ वटा देश सहभागी हुनेछन । सो अवसरमा मन्त्री विश्वकर्माले प्रतियोगितामा सफलता हासिल गरी देशको प्रतिष्ठा झनै उचो बनाउन खेलाडीहरुलाई शुभकामना दिनु भएको थियो । उहाँले राज्यले खेलाडीहरुका लागि आवश्यक सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रतियोगितमा नेपाली सेना, सशष्त्र प्रहरी बल, भक्तपुर बेस बल क्लवका खेलाडीहरु सहभागी रहेको खेल प्रशिक्षक रोशन थापाले जानकारी दिनु भयो । यो खेलमा विजेता बने नेपाल विश्व वरियतामा २० औं स्थानमाथि उक्लनेछ । हाल नेपाल यो खेलको वरियतामा ७१ औं स्थानमा रहेको छ ।

Comments

comments