बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ

Posted on: २५ पुष २०७५, बुधबार

प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ । बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसंग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो । नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेत बालकृष्ण खाँडले प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार सदनप्रति उत्तरदायि हुनुपर्ने भन्दै पुस २२ गते प्रतिनिधिसभा नियमावलि २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोधन् दिनुपर्नेमा त्यसो नभएको र अवरोधकाबीच सदनको कारवाही बढाईएको भन्दै नियमावलिमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराईएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।

Comments

comments