बैतडीको मेलौलीमा भूक्षय रोक्नका लागि पहल गर्नेे : उपप्रमुख ओझा

Posted on: २५ पुष २०७५, बुधबार

बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख राधाकुमारी ओझाले वडा नम्बर ८ र ९ को विकासको बाधाको रुपमा रहेको भूक्षय रोक्नका लागि नगरपालिकाले पहल गरिररहेको बताउनुभएको छ । उपप्रमुख ओझाले धैरै बजेट खर्च गरेर पनि भूक्षय रोक्न कठिनाई भइरहेको पनि जानकारी दिनुभएको छ । भूक्षय पीडित स्थानीयहरुलाई नगरपालिकाले सक्दो राहात वितरण गरिरहेको पनि उपप्रमुख ओझाको भनाइ थियो । नगरपालिकाले प्राकृतिक विपद् न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको छ ।

Comments

comments