बैतडीमा हलियाहरुले अझैसम्म पनि हलिया परिचय पत्र पाउन सकेनन्

Posted on: २८ माघ २०७५, सोमबार

बैतडीमा धेरै जसो हलियाहरुले अझैसम्म पनि हलिया परिचय पत्र पाउन सकेका छैनन् । हलिया परिचय पत्र नपाएका कारण नेपाल सरकार वाट पाउनु पर्ने सेवा सुविधाबाट हलिया समुदाय वन्चित भएका हुन् । जिल्लावाट ३ हजार १ सय ६२ जना हलियाहरुको तथ्यांक केन्द्रमा पठाउदा पनि केन्द्रले २ हजार २२ जानालाई मात्रे परिचय पत्र दिइएको तथ्यांक सोमबार जिल्लामा आयोजीत एक कार्यक्रममा सार्वजनिक भएको हो । बाँकी ११ सय ४० जनाको अहिले सम्म पनि तथ्यांकमा नाम छैन् । सरकारले क, ख, ग र घ गरि हलियाको पहिचान गरि परिचयपत्र वितरण गरेको थियो । यसैको अधारमा उनीहरुको पुर्नस्थापनाको कार्यक्रम पनि संचालन गरेको हँदा अहिले परिचय पत्र नभएकालाई समस्या भएको हो । पटक पटक कागजात तयार गरेर पठाउँदा पनि अहिले सम्म परिचय पत्र पाउन नसकेको हलियाहरुको गुनासो रहेको छ । कार्यालयमा आएका तथ्यांक सबै केन्द्रमा पठाएको र केहि छुटन गएकाकोे तथ्यांक समावेश गरिने जिल्ला मालपोत कार्यलय बैतडीले जनाएको छ ।

Comments

comments

Related Other News