बौद्धिक क्षमता कम भएकाहरुले नेतृत्व गर्दा समाजले दुःख पायोः नेता नेपाल

Posted on: २९ बैशाख २०७५, शनिबार

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बौद्धिक क्षमता कम भएकाले नेतृत्व गरेकाले सिंगो समाजले दुख पाएको बताउनुभएको छ । ललितपुरको इमाडोलमा सनिबार आयोजित सितापाखा खानेपानी ट्याङ्की सिलान्यास कार्यक्रममा वरिष्ठ नेता नेपालले बौद्धिक क्षमता कम भएकाको नेतृत्वले गर्दा सिङ्गो समाजले दुख पाउने गरेको बताउनुभएको हो । उहाँले नेपालमा नेतृत्व निकै हल्का ढङ्गले चलेको पनि टिप्पणी गर्नुभयो । बुद्धि नभएकाहरुले ‘अधेँरी नगरी चौपट राजा टके सेर भाजी टके सेर खाजा’ भन्ने उखान जस्तै राजा हरिशचन्दको नाटक मञ्चन गरेको तर्क गर्नुभयो ।

नेता नेपालले अपराध गरेका सांसदलाई निलम्बन गर्न नपाईने तर सेवा सुविधा खोसिने प्रावधान सहितको प्रतिनिधिसभा संञ्चालन नियमावलिको मस्यौदा तयार पारिएको भन्दै आपत्ती जनाउनुभयो । नेतृत्वको अदुरदर्शी सोचका कारण कहिले काही संविधान र कानुननै प्रभावित हुन सक्ने जोखिम रहेको उल्लेख गर्दे उहाँले अपराधीले उन्मुक्ति नपाउने ढंगले कानुनलाई ठिक ठाँउमा ल्याउनु पर्ने बताउनुभयो ।

पार्टीहरुवीचको शक्ति सन्तुलनको विन्दुका आधारमा संविधान र कानुन बन्ने भएकाले शक्ति सन्तुलनको प्रभाव कानुन र संविधानमा देखापर्दा कानुनमा समेत त्रुटी हुने बताउनुभयो । उहाँले नगरपालिका र उपमहानगरपालिका घोषणामा नेतृत्वको अदुरदर्शीता र शक्ति सन्तुलनको प्रभाव देखिएको टिप्पणी गर्नुभयो ।कुनै पनि सार्वजनिक हितको निर्णय गर्दा दुरदर्शी सोच र ज्ञानको प्रयोग गर्न उहाँले सबैलाई सुझाव दिनुभयो ।

Comments

comments