भरतपुरमा सफा र शुद्ध पानी पिउनुपर्नेमा सरोकारवालाहरुको जोड

Posted on: १८ फाल्गुन २०७५, शनिबार

पिउने पानीका कारण मानिसलाई विभिन्न प्रकारका रोगहरु लाग्ने भएकाले सफा र शुद्ध पानी पिउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ मा शुक्रबार आयोजना गरिएको गुणस्तरीय तथा स्वच्छ पिउने पानी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पानीका कारण रोगको महामारी समेत हुने भएकाले गुणस्तरीय पानी पिउनुपर्ने बताएका हुन् । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य रामलाल महतोले भरतपुर खानेपानी व्यवस्थापन बोर्डले सबै ठाउँमा ओभरहेड नराखी पानी वितरण गर्दा उपभोक्ताहरुले दुषित पानी पिउनुपरेको बताउनुभयो । कार्यक्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुरका २६ हजार पाँच सय घरधुरीमा १८ वटा स्टेशनको ३० वटा बोरिङ मार्फत खानेपानी पु¥याइएको बताउनुभयो । नगरबासीलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले महानगरका १ देखि १६ नम्बर वडामा सात सय किलोमिटर पाइप बिच्छ्याइएको छ ।

Comments

comments