भाइरल ज्वरोले अस्पताल र निजि स्वास्थ्य सस्थाहरमा विरामीको चाप धेरै

Posted on: २६ श्रावण २०७६, आईतवार

साउन २६, पर्सा लगायत तराईका जिल्लाहरुमा भाइरल ज्वरोको प्रभाव बढेसंगै वीरगंज स्थित रहेको नारायणी उपक्षेत्रिय अस्पताल र निजि स्वास्थ्य सस्थाहरुमा विरामीहरुको चाँप बढेको छ ।
अन्य समयमा प्राय सुनसान हुने स्वास्थ्य संस्थामा अहिले भाइरलको प्रभाव बढेसंगै दिनहु १ सय ५० भन्दा बढी बिरामीहरु पुग्ने गरेका छन । टिभि टुडे टेलिभिजनसंग कुरागर्दै नारायणी उपक्षेत्रिय अस्पतालका डा. शैलेष ठाकुरले एक्कासी ज्वरो आउने, नाकबाट पानी आउने, जिउ दुख्ने लगायतका बिरामीहरुको चाप बढेको बताउनु भयो ।
भाइरल ज्वरोको रोकथामको लागि साबुनले हात मुख धुने, अनावश्यक रुपमा हात मुखमा नलगाउने, भिडमा नजाने, झोल पदार्थहरु खानु पर्ने बताउनु भयो ।
भाइरल ज्वरोले गर्दा बिरामीको चाप बढेको हुदा आवश्यक सावधानि अपनाउन चिकित्कसहरुले अपिल गरेका छन ।

Comments

comments

Related Other News