भारतको नयाँ नक्सालाई लिएर युवा विध्यार्थीहरुद्धारा विरोध प्रदर्शन

Posted on: २१ कार्तिक २०७६, बिहीबार

काठमाडौँ,कार्तिक २१, भारतले नेपालको भूमिलाई आफ्नो भन्दै सार्वजनीक गरेर नक्सा बनाएपछि युवा विध्यार्थीहरुले कञ्चनपुरमा विरोध प्रदर्शन गरेका छन ।
भारतले हालै सार्वजनिक गरेकोे नक्सामा दार्चुलाको उत्तरी भु–भाग लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्तापक्षीय युवा–विद्यार्र्थी संगठनले विरोध प्रदर्शन गरेका हुन । नेपाल कम्युनिष्ट पार्र्टी नेकपा सम्बद्ध कञ्चनपुरका युवा र विद्यार्थीले बुधबार साँझ कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन । उनीहरुले भारतीय विस्तारवादको कडा शब्दमा निन्दा गर्दै भारतीय विस्तारवाद मूर्दावाद भन्दै नाराबाजी समेत गरेका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो समेत जलाएका थिए । नेकपा निकट अनेरास्ववियूका विद्यार्थी नेता वीरेन्द्र राज विष्टले देशको अखण्डता माथी भएको हस्तक्षेप कदापी स्विकार्य नहुने भन्दै समयमै सरकारले कुटनीतक पहल नगरे यसको लागी युवा विद्यार्थीहरु हातेमालो गर्दै जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताउनु भयो ।

नेता विष्टले अतिक्रमित भूमि फिर्ता गरी भारतले नक्सा सच्याउनुपर्ने माग अघि सारे । यसै गरि नेकपा कञ्चनपुरका युवा संगठनका नेता रामचन्द रेग्मीले भारतले नेपाल प्रति हेपाह प्रवृति देखाएको बताउँदै अतिक्रमित भूमी फिर्ता नहुँदसम्म आन्दोलन जारी राख्ने बताए ।
नेकपाका युवा र विद्यार्थीले आफ्नो पार्र्टी सरकारमा भएपनि राष्ट्र र राष्ट्रिय अखण्डताको जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने भन्दै भारतिय पक्षले नक्सा सच्याउनु पर्ने माग राखेका छन ।

Comments

comments