भारतले ‘नेपाललाई सकेको दिन ‘सिक्किम बनाईदिन सक्छ: प्रदीप गिरी

Posted on: २९ श्रावण २०७६, बुधबार

काठमाडौँ , साउन २९ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिनुभएको छ ।
संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए ।

Comments

comments