भारतसँग रहेका सबै सीमा समस्या कमाधान गर्ने परराष्ट्रमन्त्री को प्रतिवद्धता

Posted on: २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ, कार्तिक २४, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यमबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आईतबार समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नु भएको हो ।
मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहात भएका जनताको जीवनलाई सहज बनाई दिन अनेरास्ववियूले ध्यानाकर्षण गराएको थियो ।

Comments

comments