भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल भयोःमन्त्री ज्ञवाली

Posted on: २९ बैशाख २०७५, शनिबार

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्तै सफल रहेको बताएको छ । दुईदिने राजकिय भ्रमण सकेर सनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले अत्यन्तै सफल, ऐतिहासिक र सम्झन लायक रहेको बताउनुभएको हो ।

यो भ्रमणले सदियौ पुरानो सम्बन्ध अझै सुदृढ हुने विश्वास सरकारले लिएको उहाँले बताउनुभयो । भ्रमणका क्रममा विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्ने सन्र्दभमा नया समझदारी कायम भएको पनि उहाँले खुलासा गर्नुभयो । यो भ्रमणले विगतमा भएका दुईपक्षीय समझदारीहरुको कार्यान्वयनका लागि समय सिमा पनि निर्धारण गरेको छ । आउने सेप्टेम्बरसम्म नेपालले उठाएका सरोकारका विषय प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गरि नया समझादारी भएको उहाँले जानकारी दिनुभयो ।
मुख्य गरि रेलवे, जलमार्ग र कृषिमा सहयोग साझेदारी हुने विषय समय सिमा तोकेरै समझदारी गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । शुक्रबार नेपालको दुईदिने राजकिय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री ज्ञवालीले काठमाण्डौ विमानस्थल स्वागत र विदाई गर्नुभएको हो । जनकपुरमा भने रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गर्नुभएको थियो ।

Comments

comments