भाषा शाष्त्रीहरुले समेत भाषासम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाइरहेका छन्:प्रज्ञा प्रतिष्ठानका उपकूलपति गुरुङ

Posted on: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौँ, भदौ २७ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले भाषासम्बन्धि सरकारको तथ्यांक सही नभएको दावी गर्नु भएको छ ।

उपकूलपति गुरुङले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धि तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पार्नु भयो । बिहीबार केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भाषा शाष्त्रीहरुले समेत भाषासम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराउनु भयो ।

केन्द्रिय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो ।

Comments

comments