भिमदत्त को बृहत सरसफाइ मा निरन्तरता

Posted on: २३ चैत्र २०७५, शनिबार

राजेन्द्र विष्ट /कञ्चनपुर २३ चैत्र
कञ्चनपुर को भिमदत्त नगरपालिका ले सरसफाई अभियान लाई निरन्तरता दिएको छ । नगरपालिका ले नगर क्षेत्र सरसफाई राख्नुपर्छ भन्ने मान्यता का साथ प्रत्येक हप्ता को शनिवार नगर क्षेत्रमा सरसफाई गर्दै आएको छ ।
भीमदत्त नगरपालिका र प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सञ्चालीत गरेको जनचेतनामुलक बृहत सरसफाई कार्यक्रम अन्तर्गत आज पर्यटकीय क्षेत्र झिलमिला ताल क्षेत्रमा सरसफाई गरिएको हो ।
जनचेतनामुलक बृहत सरसफाई कार्यक्रममा सहभागी हुनु भएका सुदुरपश्चिम प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावल ले प्रख्यात रुपमा रहेका झिलमिला लगायत सम्भावना वोकेका पर्यटकिय क्षेत्रको विकास गर्ने योजना रहेको वताउनु भएको छ । झिलमिला पुग्नुभएका राज्य मन्त्रि रावल ले झिलमिला क्षेत्र को लागी प्रदेश सरकार वाट २०७५÷०७६ मा गरेर पदमार्ग को लागी ९ लाख थप गरेको वताउदै सोलार वत्ती को लागी समेत १५ लाख वजेट को छलफल समेत चलिरहेको वताउनु भएको छ ।
साथै उहाँले सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पर्यटन विधेयकको लागी अध्ययन गरीरहेको भन्दै छिटो भन्दा छिटो प्रदेश पर्यटन वोर्ड गठन गरी प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रहरुको पर्वद्धनको लागी डिपीआर बनाएर अघि बढ्ने बताउनु भयो ।
यस्तै भिमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र बिष्टले नगरपालीका भित्ररहेका धार्मीक तथा पर्यटकीय क्षेत्रहरुको सरसफाई गर्ने कार्ययोजना अनुसार सरसफाई कार्यक्रम आयोजना गरएिको बताउदै ताल संरक्षण गर्नु जरुरी भएको भन्दै ताल परिसरमा जथाभावी फोहर फाल्नु हुदैन भन्ने जनचेतना जगाउन झिलमिला क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको उहाँले वताउनु भयो ।

Comments

comments