कञ्चनपुरको भीमदत्त नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा सुपरीवेक्षण

Posted on: २० भाद्र २०७५, बुधबार

 

 

भीमदत्त नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा सुपरीवेक्षण गरिएको छ । भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिले स्वास्थ्य संस्थाबाट सेवा प्रवाह, औषधि उपकरण, सेवा प्रवाहमा समस्या र सेवाग्राहीको गुनासा सम्बन्धी जानकारी लिन सुपरीवेक्षण गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख भीम बहादुर शाहुको नेतृत्वमा गरिएको सुपरीवेक्षणमा सामाजिक विकास समितिका सभापति हरक सिह धामी, प्रशासकीय अधिकृत हरि सिह धामी, भीनपाका जनस्वास्थ्य निरीक्षक दिलाराम भट्ट, अनमी लिलावति भाट सुपरीवेक्षणमा सहभागी भएका छन् । कार्य वाहक नगर प्रमुख शाहुले स्वास्थ्य संस्था स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएका स्थानमा पनि सुपरीवेक्षण गरिएको जानकारी दिए । ‘स्वास्थ्य संस्था, औषधि उपकरणको अवस्था, स्वास्थ्यकर्मीका समस्या, सेवाग्राहीका गुनासा लगायतका विषयमा निरीक्षण गरिएको छ’ कार्यवाहक नगर प्रमुख शाहुले भने,‘त्यो बाहेक स्वास्थ्य संस्था स्थापना गरिएका सम्भावित स्थानको पनि निरीक्षण गरिएको छ ।’ भीनपाका वडा नं. ११, १२, १३, १६, ३, ७, ८, ९ १० वडाका स्वास्थ्य संस्थाको सुपरीवेक्षण गरिएको छ । भीनपा १६ मा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको छ । केही महिना अघि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ्ग सेन्टर उद्घाटन गरेका थिए । भीनपाका वडा नं. १२ मा स्वास्थ्य इकाई, वडा नं. ८ मा वडा स्वास्थ्य इकाई, ७ मा सहरी स्वास्थ्य इकाई, १० मा स्वास्थ्य चौकी, ९ मा सहरी स्वास्थ्य केन्द्र छन् । भीनपा ९ मा बर्थिङ्ग सेन्टर सञ्चालनका लागि प्रस्ताव गरिएको कार्य वाहक नगर प्रमुख शाहुले जानकारी दिए । स्वास्थ्य संस्था सुपरीवेक्षणका क्रममा सम्बन्धित वडाका कार्यालयहरुको पनि निरीक्षण गरिएको छ । सुपरीवेक्षणका क्रममा कार्य वाहक नगर प्रमुख शाहुले स्वास्थ्य संस्थामा प्रवाह हुने सेवा सुविधा सहज रुपमा प्रवाह गर्न निर्देशन दिएका छन् ।

Comments

comments