भेरी–बबई डाइभर्सन आयोजना सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु

Posted on: ३ बैशाख २०७६, मंगलवार

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार ‘ब्रेक थ्रु’ गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले सुरुङको प्रवेशद्वार सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिमन निकालेसँगै सुरुङको ‘ ब्रेक थ्रु’ भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिले टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २ सय १० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारमा पु¥याइएको छ । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत उत्पादन गर्ने र ५ नम्बर प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा र्पुयाउने उद्देश्यले आयोजना सुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै रहेका छन् ।

Comments

comments