भेरी–बबई सुरुङ निर्माण सकियो

Posted on: २३ चैत्र २०७५, शनिबार

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सकिएको छ ।
आयोजना प्रमुख सञ्जीव बरालले शुक्रबारसम्म सुरुङको २ मिटर मात्र बाँकी रहेको जानकारी दिनुभयो । ब्रेक थु भने प्रधान मन्त्री ले गर्ने योजना वनाएको आयोजना जनाएको छ ।
भेरी–बबई आयोजना टनेल बोरिङ मेसिन टीबीएम द्वारा निर्मित नेपालको पहिलो र एक मात्र आयोजना हो । १२ हजार २ सय मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी कोभेक ले लिएको छ । शो कम्पनीले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि काम सम्पन्न गरेको हो ।

२०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको कम्पनीको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । सुरुङ निर्माणको लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल अनुमानित बजेटको ३५ प्रतिशत हो ।

बहुउद्देश्यीय आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र सुर्खेत–भेरीगंगा नगरपालिकाको हात्तीसारमा विद्युतगृह निर्माण गरी ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सुरुङ निर्माणलगत्तै पानी झारिने छैन । २०७६ को माघबाट ८ देखि १० क्युमेक्स ९घनमिटर प्रतिसेकेन्ड पानी बबईमा मिसाइने आयोजना प्रमुख बरालले वताउनु भएको छ । विद्युतगृह नबन्दासम्म वर्षको ६ महिना मात्र भेरीको पानी सुरुङबाट बबईमा मिसाइने उहााको भनाई छ ।

भेरीको पानी बबईमा मिसाउँदा माछालगायत जलीय जैविक विविधतालाई कस्तो असर पर्छ हेरिनेछ उहाँले भन्नुभयो यसका साथै भेरीको पानीले सिञ्चित हुने खेतबारीमा कस्तो प्रभाव पर्छ भन्ने हेरिएपछी मात्रै भेरीबाट बाह्रै महिना ४० क्युमेक्स पानी बबईमा मिसाइने उहाँले जानकारी दिनुभयो ।

Comments

comments