भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु

Posted on: २५ असार २०७६, बुधबार

काठमाडौं २५ असार – भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान ८ः३० बजे सदरमुकामको हटिया पाँच धारे होटलमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पहिला विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि जवाफी कारबाही गरेको बताउनुभयो । सो घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते हुनुभएको छ, उहाँको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

Comments

comments