भ्रमण वर्ष २०२० मा एक लाख विदेशी पर्यटक भित्र्याउने कर्णाली प्रदेश सरकारको लक्ष्य

Posted on: ६ मंसिर २०७६, शुक्रबार

काठमाडौँ, मंसिर ६, कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० मा कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य अनुसार नै विभिन्न कार्यक्रम भइरहेको छन । पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरी कार्ययोजना निर्माणमा जुटिरहेको प्रदेश सरकारले जनाएको छ ।

Comments

comments

Related Other News