मस्र्याङ्दी काठमाडौँ प्रसारण लाईनको काम ९० प्रतिशत समपन्न

Posted on: २२ चैत्र २०७५, शुक्रबार

मस्र्याङ्दी काठमाडौँ २२० केभी प्रसारण लाईन अन्तर्गत गोरखातर्फ पर्ने ३३ किलो मिटर क्षेत्रमा काम ९० प्रतिशत काम समपन्न भएको छ ।
वि.स. २०७३ कार्तिक देखी सुरु भएको निमार्ण कार्यको प्रशारण लाईनमा गोरखातर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करिव सम्पन्न भएको आयोजनाका ईञ्जिनियर अधिकारी ले वताउनुभयो ।
गोरखा जिल्लाका तीन गाउँपालिका हुँदै काठमाडाँैको मातातीर्थसम्म पुग्ने प्रसारण लाइनको ३३ किलोमिटर क्षेत्र गोरखा जिल्लामा पर्छ । “‘गोरखातर्फ तार तान्ने काम मात्रै बाँकी छ भने पनि हुन्छ”, अधिकारीले भन्नुभयो, “लगभग सात किलोमिटर जति त तार तान्ने काम पनि भइसकेको छ ।”
कुनै प्राविधिक समस्या नभएमा आगामी छ महीनाभित्रमा मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने इञ्जिनीयर अधिकारीले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका लागि २२० केभी प्रसारण सञ्जाल निर्माण शुरु गरेसँगै पश्चिम क्षेत्रमा मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो ।
आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको छ भने सवस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी सेनजेन फाराड इलोक्ट्रिक कम्पनीले ठेक्का पाएको अधिकारीले जानकारी दिनुभयो ।

Comments

comments