महसुल समायोजन गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी

Posted on: २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौँ, कार्तिक २२, विद्युतको उपलब्धता बढेसँगै उपभोग बढाउनुपर्ने चुनौतीमा रहेको नेपाल विद्युत प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरेको छ । उपभोक्तालाई बढीभन्दा बढी विद्युत खपत गर्न प्रोत्साहन गर्नेगरी रणनीतिक तवरबाट महसुल बढाउन लागिएको हो । तीन वर्ष अगाडिसम्म नेपाल विद्युत प्राधिकरण जनतालाई बिजुली कसरी फारु गर्ने भनेर सिकाउन अभ्यस्त थियो । अहिले ठीक उल्टो प्राधिकरण विद्युत उपभोग बढाउने ध्यानमा छ । प्राधिकरणले बिजुलीको नयाँ महसुलका लागि विद्युत नियमन आयोगसँग प्रस्ताव गरिसकेको छ । प्रस्तावअनुसार नयाँ मूल्य तोकिएमा सामान्य उपभोक्तालाई बिजुली महँगिने छ । हाल प्राधिकरणले ५, १५, ३० र ६० एम्पियरको वर्गमा ग्राहकहरुलाई विभाजन गरेर त्यसमा ७ वटा स्ल्याब राखी महसुल निर्धारण गर्दै आएको छ ।

Comments

comments