महाधिवेशन निर्धारित समयमै हुुनपर्छ: डा.कोइराला

Posted on: १४ पुष २०७६, सोमबार

काठमाडौ, पौष १४, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैत्रमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य डा. कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गर्नु भयो

Comments

comments