महिलामाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख महराद्धारा राजीनामा

Posted on: १४ आश्विन २०७६, मंगलवार

१४ असोज , काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रतिनिधिसभाका उपसभामुख शिबमायाँ तुम्बाहाम्फेलाई सम्बोधान गर्दै बुझाउनु भएको राजिनामापत्र सार्वजनिक भएको छ । उहाँले स्वकीय सचिव मार्फत सो राजिनामा बुझाउनु भएको बताएको छ ।

संसद सचिवालयमा नै कार्यरत एक महिलाले सभामुख महराले आफूमाथि बलात्कारको प्रयास गरेको विषय सञ्चार माध्यम मार्फत सावर्जनिक भए पछि सो विषयमा अनुसन्धानमा सहजहोस भन्नका लागि राजिनामा दिनुभएको हो । यस अघि नेपाकको सचिवालय वैठकले सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुपर्ने निर्णण गरेको थियो ।

मंगलबार प्रधानमन्त्री निवास बालुबाटरमा बसेको बैठकले उहाँमाथि लागेको आरोपका सन्दर्भमा सो निर्णय गरेको प्रवक्त नारायण काजी श्रेष्ठले बैठक पछि जानकारी गराउनुभएको थियो । अघि सञ्चार माध्यमहरूमा अरोपसम्बन्धी समाचार सार्वजनिक भए पछि सभामुख महराको सचिवालयले विज्ञप्तिमा उक्त आरोपको खण्डन गरेको थियो ।

Comments

comments