महेन्द्र राजमार्ग अन्र्तगत भासि देखी शिवमन्दिर सम्म सडक अतिक्रमण हटाउने काम सुरु

Posted on: २१ कार्तिक २०७६, बिहीबार

महेन्द्र, कार्तिक २१, महेन्द्र राजमार्ग अन्तर्गत भासि देखी शिवमन्दिर सम्म सडक अतिक्रमण हटाउने दोस्रो चरणको काम बुधवार बाट शुरु भएको छ । पहिलो चरणमा कार्तिक १ गते बाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भासि देखी शिवमन्दिर सम्म सडक अतिक्रम गरि बनाईएका संरचनाहरु हटाईको भए पनी छोटो समयमै फेरी अतिक्रमण शुरु भएपछी सडक विभिाग, भिमदत्त नगरपालीका र भिमदत्त नगर नमुना सासंदको पहलमा सर्वपक्षिय बैठक बसि पुन अतिक्रमण हटाउन शुरु गरिएको हो । पटक पटक सुचना जारि गरि पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रहरु अतिक्रमण गरि निर्माण गरि बनाईएका खोका छाप्रा तथा टहरा हटाईएको भए पनी पुन यस क्षेत्रमा व्यवशाय शुरु हुन थाले पछी बुधवार वाट कडा कदम चालेर ठेला लगायतका सरसमानहरु जफत गरिएको छ ।
सडक अतिक्रमणका कारण दुर्घटना बढ्दै गएको र बजार लगायत सडकहरुको सौन्दर्य समेत बिग्रीदै जादा यात्रुहरुलाई समेत आवत जावतमा समस्या भएको हुदा सडक अतिक्रमण हटाउन शुरु गरिएको र दुई चरणमा अतिक्रमण हटाई सके पछी पुन अतिक्रमण गरेको पाईएमा सडक खाली गराउन लाग्ने खर्च समेत असुल उपर गरि कारवाहीको दायरामा ल्याउने तयारी भईरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सव ईन्जिनीयर हरिहर गौतमले जानकारी दिनु भयो ।
यसै गरि कञ्चनपुर जिल्लाकोे सिमा भारत संग जोडिएको कारण पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा रहेकोले नेपाल भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरि बजारलाई सफा र व्यवस्थति पार्न अतिकर्मण हटाउन लागिएको र सडक अतिकर्मणका कारण दुर्घटना समेत बढदै गएका कारण पनी अतिकर्मण हटाउनु जरुरी भएको भिमदत्त नगरपालकिाका प्रवक्ता राजेन्द्र पाण्डेले बताउनु भयो।
सडकको केन्द्रविन्दुबाट २५÷२५ मिटर दायाँ बायाँ सडक क्षेत्रमा पर्ने हुँदा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था छ । ‘

Comments

comments