मिडियासम्बन्धि विधेय फिर्ता लिन बाध्य बनौँछौँ : काँग्रेसका सभापति देउवा

Posted on: ३० बैशाख २०७६, सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धि विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।
आईतबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धि सरकारले ल्याएको सो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि रहेको उल्लेख गर्दै संसद र सडक दुवै तर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिनु भएको हो ।
एक फरक प्रसंगमा सभापति देउवाले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी पनि गर्नु भयो ।

Comments

comments