मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न प्रचण्डको आग्रह

Posted on: २८ श्रावण २०७६, मंगलवार

काठमाडौ, साउन २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सबै पक्षलाई आग्रह गर्नु भएको छ ।
काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ वितरण कार्यक्रममा अध्यक्ष दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दावी पनि गर्नु भयो । अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनैपर्ने बताउनुभयो ।

Comments

comments

Related Other News