म्यान्चेस्टर सिटीको चेल्सीमाथि शानदार जित

Posted on: २८ माघ २०७५, सोमबार

म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्दै ४-० गोलले अघि रहेको थियो । पहिलो हाफमा ४-० गोलअन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खान सफल भयो । ५६ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै सिटी ५-० गोलअन्तरले अघि रहेको थियो । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६-० गोलको जित दिलाए । जितपछि लिगको शीर्ष स्थान उक्लिदै सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

Comments

comments

Related Other News