युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमान उडान हुन्छ: नागरिक उड्यन मन्त्री

Posted on: ३० श्रावण २०७६, बिहीबार

साउन ३०, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्ै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले अन्तराष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाईरहनुपर्ने आवश्यकता नरहेको बताउनुभएको हो । मन्त्री भट्टराईले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासंग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिनुभयो ।
मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको बताउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्श का अध्यक्ष राजेश काजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
चेम्बरले पर्यटन बर्ष नजिकिदै गर्दा पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भुमिका विषयमा अन्तरक्रिया गरेको हो ।

Comments

comments