राजनीतिक दलका नेतृत्वको इमान्दारिता र सत्यनिष्ठा गुम्दै गएको छ:रक्षा मन्त्री पोखरेल

Posted on: २६ जेष्ठ २०७६, आईतवार

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राजनीतिक दलका नेतृत्वले इमान्दारिता गुमाउदै गएको बताउनुभएको छ ।
प्राध्यापक डाक्टर रामप्रसाद पोखरेल अभिनन्दन ग्रन्थ प्रकाशन समितिले सनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले राजनीतिक दलका नेतृत्वको इमान्दारिता तथा सत्यनिष्ठा गुम्दै गएको बताउनुभएको हो । राजनीनिक दलको नाम उल्लेख नगरिकनै उहाँले यो प्रवृत्ति समग्र राजनीतिक क्षेत्रमा देखिएको बताउनुभएको हो । पार्टी नेतृत्वमा बसेकाहरुले आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने, योजना बनाउने प्रवृत्तिका कारण उनीहरुको इमान्दारिता, सत्यनिष्ठा र नैतिकता गुम्दै गएको उहाँको तर्क थियो ।

Comments

comments