रातो मच्छिन्द्रनाथ भोटो भोलि देखाईने

Posted on: २९ बैशाख २०७५, शनिबार

बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो भोली आईतबार देखाईने भएको छ । ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई गत २७ गते शुभसाईतमा लगनखेलबाट तानेर जावलाखेल ल्याईएको थियो । शुभसाईतमा रथलाई तानेर जावलाखेल ल्याएको चार दिन पछि भोटो देखाउने चलन छ । गुठी संस्थानका अधिकारीले रथको चारै तर्फ फर्केर भोटो देखाउने गर्दछन् ।

भोटोजात्राको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले अवलोकन गर्ने चलन छ भोटोजात्राको अवसरमा भोलि आईतबार उपत्यकामा सार्वजनिक विदा दिईएको छ । बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिना सम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको हो । सोही शुभसाईत अनुसार भोली आईतबार भोटो देखाउन लागिएको हो ।

पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल पु¥याइन्छ । त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याईन्छ । अनि लगनखेलबाट शुभसाईत हेरेर जावलाखेल ल्याउने गरिन्छ ।

Comments

comments