राम लिम्बु भए विजेता दि भ्वाइस अफ नेपालको

Posted on: २२ मंसिर २०७६, आईतवार

काठमाडौ, मंसिर २२, दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । नेपालको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच चर्चित गायक प्रमोद खरेलको टिमबाट राम लिम्बु विजयी भएका हुन् ।
‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए । उनीहरुले गरेको प्रस्तुति र दर्शहरुको मायाँ साथ सहयोग र भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ । काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो । हजारौ दर्शकको विचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत बढेको थियो ।
यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत रहेका थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।

Comments

comments