राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको चालू आर्थिक वर्षको कुल बजेटको ८५ प्रतिशत रकम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण

Posted on: २७ पुष २०७५, शुक्रबार

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डाक्टर पेमनारायण कंडेलले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको चालू आर्थिक वर्षको कुल बजेटको ८५ प्रतिशत रकम सम्बन्धित प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको बताउनुभएको छ । सदस्य सचिव कंडेलले समितिको चालू आर्थिक वर्षको १ अर्ब ७० करोड बजेट मध्ये करीब १ अर्ब ४२ करोड बजेट सम्बन्धित प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको जानकारी दिनु भएको हो । बजेट हस्तान्तरण गरेसँगै बजेट कार्यान्वयन सम्बन्धी प्रशिक्षण समेत दिइएको सदस्य सचिव कंडेलले बताउनुभएको छ । स्थानीय तहमा आइ पर्ने विपद्को समाधान पनि स्थानीय तहले नै गर्नु आवश्यक रहेकाले बजेट, सीप र योजना हस्तान्तरण गरीएको सदस्य सचिव कंडेलले स्पष्ट पार्नुभयो । जनप्रतिनिधिहरुले पनि चुरे क्षेत्रको संरक्षणका लागि संवेदनशिल बनेर कार्य गर्नु जरुरी रहेको सदस्य सचिव कंडेलको भनाइ छ । स्थानीय तहलाई वित्तीय स्रोत हस्तान्तरण पश्चात थप प्रभावकारी ढङ्गले चुरे संरक्षण हुने समितिको बिश्वास छ ।

Comments

comments

Related Other News