राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण तय

Posted on: २२ फाल्गुन २०७५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जानु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति भण्डारी आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जानु हुने जानकारी गराउनु भएको हो । भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत सहभागी हुने जानकारी गराइएको छ । सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

Comments

comments