राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन सिचाई विभागले सरकारसँग माग

Posted on: २५ चैत्र २०७५, सोमबार

काठमाण्डौ २५ चैत्र

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन जलश्रोत तथा सिचाई विभागले सरकारसँग माग गरेको छ ।
विभाग कोे ६६ औँ वार्षिकोत्सवको अवसरमा सोमवार राजधानीमा आयोजित कार्यक्रममा विभागले राष्ट्रिय गौरवका आयोजनालाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।

विभागले समृद्ध नेपाल सुखी नेपाली को आधार, जल प्रकोप व्यवस्थापन तथा सिचाई पुर्वाधार भन्ने मुल नाराका साथ ६६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सिचाई क्षेत्रको लगानी लाई परिणममुखी बनाउन सरकार लागि परेको बताउनुभयो ।

कार्यक्रममा विभागका महानिर्देशक सरिता दवाडीले विभागलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवकै अवसरमा विभागले रक्तदान कार्यक्रमको पनि आयोजना गरको थियो ।

Comments

comments