लगानी कोषले निगमलाई दिएको कर्जाको जोखिम छैन : अर्थमन्त्री खतिवडा

Posted on: १५ माघ २०७६, बुधबार

माघ १५, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताउनुभएको छ ।संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रकृया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताउनुभएको हो ।त्यस्तै समितिको बैठकले ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमा समान्य संशोधन सहित छलफल टुंग्याएको छ । संशोधन पछि विधेयकमा नागरिक लगानी कोषको सञ्चालक समितिमा महिला सदस्यहरुको सहभागिताको सुनिश्चितता गर्न सांसदहरु सहमत भएका छन् । समिति सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिको अर्को बैठकमा विधेयकमा संशोधन भएका विषयलाई मिलाएर अन्तिम रुप दिने बताउनुभयो ।

Comments

comments