ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ सुरु

Posted on: १८ फाल्गुन २०७५, शनिबार

ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ सुरु भएको छ । प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा राष्ट्रिय प्राङगारिक कृषि मेला आयोजना गरिएको हो । प्राङगारिक कृषि खेतीको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको वरिष्ठ कृषि अनुसन्धान अधिकृत बाशुदेव शर्माले जानकारी दिनुभयो । कृषि विभागको संयोजनमा आयोजना गरिएको मेलामा प्राङगारिक कृषि खेतीबारे जानकारी दिने खालका १ सय २५ वटाभन्दा बढि स्टल राखिएका छन । ३ दिनसम्म चल्ने मेलाको मुख्य आकर्षणको रुपमा ताजा कृषि उपज, प्रशोधित कृषि उपज, रैथाने बालीको खाद्य परिकार, कृषि सामग्री र प्रविधिहरु रहेको पनि बताइएको छ । मेलामा करिव २५ लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ । प्राङगरिक कृषि खेतीमा जोड दिन आह्वान गर्दै सरकारले १२ वर्षयता सो मेला आयोजना गर्दै आएको छ ।

Comments

comments