ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने

Posted on: २४ माघ २०७५, बिहीबार

ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने भएको छ । बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने गरि आवश्यक पूर्वाधार बनाउन थालिएको बताउनु भएको हो । महानगरले सहयोगापेक्षी सडक मानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरि सरोकारवाला निकाय सँग बहुपक्षीय छलफल भैरहेको बताउनु भयो । मेयर महर्जनले हाल काठमाडौँ उपत्यकालाई नै कसरि सहयोगापेक्षी सडक मानव मुक्त बनाउने भन्ने बारे छलफल चलिरहेको पनि बताउनु भयो । ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडक मानवको उद्धार गरि आश्रय दिइरहेको छ ।

Comments

comments

Related Other News