लामो समय पछी को विवाद पछी कोशी करिडारको काम शुरु

Posted on: २४ चैत्र २०७५, आईतवार

लामो समयदेखि अवरोधको सामाना गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु हुने भएको छ ।

प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो ।

प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारण लाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत २१ गते बिहीबारदेखि स्थानीय विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम शुरु गरेको छ ।

आयोजनाको प्रस्तावित मार्गबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।

“कूल १७ टावर निर्माणमा अवरोध थियो, पटक÷पटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित मार्गबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीयरुपमा गर्नसक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने छ”, उहाँले भन्नुभयो ।

कोशी करिडोर प्रसारण लाइनले कुनै असर नपर्ने र आयोजनामा समस्या आए निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत् खेर जाने अवस्था आउने भन्दै प्रवद्र्धकले गुनासो गदै आएका थिए ।
नेपाल सरकार, प्राधिकरण र भारतीय आयात निर्यात बंैकको सहुलियतपूर्ण ऋणमा १ नं प्रदेशका
भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त करिडोरको निर्माण गर्न लागिएको हो । आयोजनाको अनुमानित लागत करीब रु तीन अर्ब ८० करोड रहेको छ ।

Comments

comments