लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधानसम्मत छ: कार्यबहाक प्रधानमन्त्री पोखरेल

Posted on: २८ जेष्ठ २०७६, मंगलवार

कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तीका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको स्पष्ट पार्नु भएको छ ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोक सेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्ती गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गर्दै सो विधेयक फिर्ता गराउन सरकारले लोक सेवा आयोगमाथि अनुचित हस्तक्षेप गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले लोक सेवा आयोग संवैधानिक अंग भएको र उसले संविधानसम्मत ढंगले अघि बढाएको सो प्रक्रियामाथि कार्यपालिकाले अनुचित हस्तक्षेप गर्न नमिल्ने प्रष्टयाउनु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालयका सदस्य समेत रहनु भएका पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे पार्टी भित्र छलफल नभएको पनि बताउनु भयो ।

Comments

comments