लोक सेवा आयोगले गरेको काम प्रति राष्ट्रपति भण्डारीले गरीन खुलेर प्रशंशा

Posted on: १ असार २०७६, आईतवार

राष्ट्रपति विद्या देवी भण्डारीले लोक सेवा आयोगको कामकार्वाहीको खुलेर प्रशंशा गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गर्नु भयो । आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गराउनु भयो ।
राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गर्नु भयो ।

Comments

comments