वाइडबडि विमान खरिद प्रकरणमा सरकार अत्तालियो : काँग्रेस नेता थापा

Posted on: २३ पुष २०७५, सोमबार

नेपाली काँग्रेसका नेता गगन थापाले वाइडबडि विमान खरिद प्रकरणमा सरकार अत्तालिएको टिप्पणी गर्नु भएको छ । आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा काँग्रेस नेता थापाले प्रधानमन्त्री केपी ओली वाइडबडी विमान खरिद प्रकरणबाट अत्तालिएको दावी गर्नु भएको हो । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडि विमान खरिद प्रकरणमा करिव ४ अरव ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी पनि दोषी देखिएको निष्कर्षसहितको प्रतिवेदन तयार पारी समितिलाई बुझाएको छ । प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै कांगेस नेता थापाले असन्तुष्टि जनाउनु भएको थियो ।

Comments

comments