विकासको काममा इमान्दार भएर लागि रहेको छु :प्रधानमन्त्री ओली

Posted on: २९ असार २०७६, आईतवार

२९ असार , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढन युवाहरुलाई पनि आह्वान गर्नु भयो । आईतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उहाँले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहो¥याउनु भयो । प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता पनि दोहो¥याउनु भयो । प्रधानमन्त्री ओलीले भोलीको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले युवाहरुलाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको पनि स्मरण गराउनु भयो । उहाँले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नू परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढदा मात्रै सफलता हात पर्नेतर्फ पनि युवाहरुलाई सचेत गराउनु भयो ।

Comments

comments